२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

काभ्रेमा कोरोना संक्रमण थपिने भन्दा मुक्त हुने दोब्बर

  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ११३८ पाठक संख्या
  • बुधवार र विहिबार काभ्रेमा थपिएका संक्रमित भन्दा दोब्बरको संख्यामा निको भएर घर फर्किए ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्र झाका अनुसार बुधवार ३१ जना संक्रमित थपिए भने ६२ जना संक्रमण मुक्त भए । कोरोना मुक्त हुनेमा २६ महिला र ३६ पुरुष छन् । त्यस्तै थपिनेमा १७ महिला र १४ पुरुष छन् । थपिनेमा बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका र बेथानचोक गाउँपालिकाका एक/एक छन्।

    त्यस्तै विहिबार पनि २५ जना संत्र,मित थपिए ५२ जना निको भएर घर फर्किए । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाका अनुसार विहिबार पनौती नगरपािलकामा २१ जना र नमोबुद्ध नगरपािलकामा ४ जना नयाँ संक्रमित थपिए भने ५२ जना निको भएर घर फकिए ।

    हाल सम्म जिल्लामा एक हजार ३ सय ४६ मध्ये ८ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    हालसम्म कोरोना सङ्क्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस