२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्वर्गीय पत्रकार रामबाबु महतको परिवारलाई पत्रकारको सहयोग

  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६४३ पाठक संख्या
  • नेपाल पत्रकार महासंघ काभ्रेका पुराना सदस्य रामबाबु महतको २०७७ असार ४ गते निधन भएको थियो ।

    भूगोल साप्ताहिक हुँदै कृषि पत्रिकामा सम्पादकीय भूमिकामा रहनु भएका महत पछिल्लो समय गाउँ फर्केर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, सामाजिक संघ संस्थाको अगुवाई गर्दै पाटीखर्कमा कृषिको सम्भावना पहिल्याउनमा व्यस्त थिए । २०७२ को विनासकारी भुकम्पमा भत्किएको घर पुनर्निर्माणकै क्रममा हृदयघात भएर उनको निधन भएपछि उहाँको घर अधुरोमात्रै नभई दैनिकी चलाउनमासमेत कठिनाईको अवस्था थियो ।

    यही क्रममा स्वर्गीय महतको श्रद्धाञ्जली सभामा सहभागी हुनु भएका महतको समकालीन साथीहरूले केही रकम सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नु भए अनुसार मंगलबार महतकै निवास पाटीखर्क बगरमा पुगेर सहयोग रकम ३० हजार रूपैंया परिवारलाई हस्तान्तरण गरिएको अग्रज पत्रकार मधुसुधन गुरागाईंले जानकारी दिए । सो सहयोग रकम महतका पिताजी ईश्वर महत, धर्मपत्नी गोमा र छोरी रमालाई हस्तान्तरण गरिएको हो ।

    सहयोग रकमका लागि नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमिल्सना, हालका अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका पूर्व अध्यक्ष दयाराम महत, खबर चौतारी साप्ताहिकका प्रकाशक सुरेशप्रसाद हुमागाईं, यस साप्ताहिकका स्तम्भकार एवं सहकार्य मिडिया सेन्टरका अध्यक्ष सरोजप्रसाद कुइँकेल र गुरागाईंले जनही ५ हजार रूपैंयाका दरले ३० हजार रूपैंया संकलन गरेका थिए ।

    पनौती नगरपालिकाले पनि महतको परिवारलाई २५ हजार रूपैंया सहयोग गरेको परिवारको भनाई छ । यस्तै, स्वर्गीय महतका समकालीन पत्रकार एवं नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा तिमिल्सनाले पनि उपयुक्त समयमा महतकै घरमा पुगेर परिवारलाई समवेदना व्यक्त गर्ने र व्यक्तिगत सहयोग गर्ने जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस