२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल ८ कि ४३ वर्षिय महिलाको कोरोनाको कारण मृत्यु

  • २०७७ कार्तिक ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६१६ पाठक संख्या
  • काभ्रेमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका वडा नं ८ कि ४३ वर्षिय महिला रहेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

    स्वास्थ्यमा समस्या आएपछि उनलाई आईतबार मात्रै धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनमा कलेजो र आन्द्रा सम्बन्धी रोग पहिल्यै देखि रहेको र अस्पतालमा भर्ना हुन आउँदा नै उनको अवस्था गम्भिर रहेको डा. झाले जानकारी दिए । भर्ना भएकै दिन कोरोना पोजेटिभ आएको भएता पनि आफन्तले घर लैजान खोजेको तर अस्पतालले महिलाको अवस्था गम्भिर रहेका कारण घर पठाएको थिएन ।

    मृतक महिला भुम्लु गाउँपालिका वडा नं ९ बाट बसाँई सराई गरेर पाँचखाल आएकि थिईन् । मृतक महिलाको शव अहिले अस्पतालमा नै रहेको र नेपाली सेनाले पालिका सँग समन्वय गरेर शव ब्यवस्थापन गर्ने डा. झाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस