२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बलात्कार विरुद्ध बिबिसिको प्रर्दशन

  • २०७७ कार्तिक ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ९३२ पाठक संख्या
  • देशमा बलात्कारका घटना बढिरहेको छ । महिला हिंसाका घटना पनि बढिरहेको छ ।

    बलात्कार तथा महिला हिंसा विरुद्ध युवाहरुको टिम बिबिसि क्लबले मंगलवार बनेपाको चारदोवाटोमा बेग्लै खालको दवावमुलक कार्यक्रमको आयोजना गर्यो ।

    बिबिसिले आयोजना गरेको दवाव कार्यक्रममा सहभागिहरुले विभिन्न सूचनामुलक व्यानर पम्लेट बोकेर धर्ना सहित विभिन्न जनचेतना मुलक कार्यक्रम गरेको छ ।
    दबावमुलक कार्यक्रममा गीत, कविता, सडक नाटक प्रस्तुत भयो । बिबिसि क्लबका भाईबहिनीहरुले देशमा आफन्तबाटनै छोरी चेलीको बलात्कारका घटना बढिरहेको तथा त्यस्ता व्यक्तिहरुलाई विभिन्न पार्टी तथा नेता जोगाउन लागेको व्यङ्ग गर्दे सडक नाटक देखाएका थिए ।

    बलत्कारीलाई फाँसीको माग गर्दै गरिएको कार्यक्रममा राज तिमल्सिनाको लेखन रहेको तथा गुल्मी गाईजका गायक हरि कर्माचार्य, गायक रबिन्सन श्रेष्ठ लगायत बिबिसिका सदस्यहरुले सयुक्त रुपमा घटनाक्रम जोडिएको गीत प्रस्तुत गरेका थिए ।

    दिनानुदिन बलात्कारका घटना बढेकोले यसको न्यूनिकरणमा दवाव पुगोस भनेर यस्तो कार्यक्रम गरेको बिबिसि क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस