२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तमाघाटमा मोटरसाईकल दुर्घटना, मण्डनदेउपुरका लम्सालको मृत्यु

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ९११ पाठक संख्या
  • पाँचखाल नगरपालिका वडा नं ४ तामाघाट नजिकै रहेको झिगु खोलाको पुलमाथी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

    दुर्घटनामा मोटरसाइकल चालक मण्डनदेउपुर ७ का २२ बर्षिय सुविन लम्सालको मृत्यु भएको हो भने बनेपा १० का १७ वर्षीय सुबोध तामाङ गम्भिर घाइते भएका थिए ।
    पाँचखालबाट धुलिखेल तर्फ आउँदै गरेको बा ७० प १५८८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    गम्भीर घाईत रहेका तामाङको धुलिखेल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस