२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लाइभ संगीतका साथ सिसा लञ्च रेष्टुरेन्ट सञ्चालनमा

  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित ३ साल अघि
  • ११९५ पाठक संख्या
  • पाँचखाल नगरपालिका वडा नं ४ समाजकल्याण चोकमा नयाँ परिकारको स्वादमा सिसा लञ्च रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

    शनिवार एक कार्यक्रमका विच नेपाली काँग्रेसका युवा नेता एवं प्रदेश सभा उम्मेदवार गणेश लामाले उद्घाटन गरे ।

    पारिवारिक वातावरणमा विभिन्न नयाँ परिकारको स्वाद लिन सकिन्छ ।

    युवा व्यवसायी विक्रम लामाले सञ्चालन गरेका रेष्टुरेन्टमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुवाट लाईभ संगीत तथा मनोरञ्जन प्रदान हुनेछ ।

    उद्घाटन कार्यक्रममा काँग्रेसका नेता मानबहादुर तामाङ, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की लगायतकाको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस