२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना संक्रमणबाट काभ्रेका ७३ वर्षीय वृद्धको मृत्यु

  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित ३ साल अघि
  • ११८९ पाठक संख्या
  • काभ्रेको धुलिखेल अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । काभ्रेको पाँचखाल घर भई हाल बनेपामा बस्दै आएका ७३ वर्षीय वृद्धको कोरोनाका कारण शुक्रबार राति मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।

    दम रोगबाट पीडित वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि असोज २७ गतेबाट उनलाई धुलिखेल अस्पताल राखेर उपचार गरिँदै थियो ।
    मृतक वृद्धको लाश नेपाली सेनाको टोलीले पशुपति आर्यघाट लगेको अस्पतालले जनाएको छ ।

    हालसम्म काभ्रेमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । जसमा आठ पुरुष र पाँच महिला रहेका छन् । शनिबार विहानसम्म काभ्रेमा कोरोना संक्रमितको संख्या एक हजार २०५ जना रहेका छ । जसमा सक्रिय संक्रमितको संख्या पाँच सय ४० रहेको छ ।

    प्रतिक्रिया दिनुहोस