२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डिएसपी अंगुर जिसीसहित तीन प्रहरीको निलम्बन फुकुवा

  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३२८ पाठक संख्या
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसीसहित तीन प्रहरीको निलम्बन फुकुवा भएको छ।

    निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका डिएसपी जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो। निलम्बन फुकुवा भएसँगै उनीहरुलाई काममा फर्किन बाटो खुलेको छ।

    निर्मला पन्त हत्याको प्रमाण नष्टको मुद्दामा उनीहरुलाई जिल्ला अदालत, कञ्चनपुरले सफाइ दिएपछि गृह मन्त्रालयले निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो। डिएसपी जिसीको निलम्बन गृहले फुकुवा गरेको हो भने रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन प्रहरी प्रधान कार्यालयले गरेको हो।

    प्रतिक्रिया दिनुहोस