२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा आज ३१ सहित देशभर ३ हजार ७४९ कोरोना संक्रमित थपिए

  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३७० पाठक संख्या
  • काभ्रेमा ३१ सहित देशभर ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

    थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिबाट ४ जना पुरुष र २ जना महिला, पनौती नगरपालिकाबाट ४ जना पुरुष र १ जना महिला, पाँचखाल नगरपालिकाबाट १ जना महिला र बनेपा नगरपालिकाबाट १० जना पुरुष र ९ जना महिला गरी ३१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ६८ पुगेको छ ।

    त्यस्तै देशभर पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाए ।
    त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

    योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस