२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बेथानचोककको महिलाको कोरोनाको कारण मृत्यु, ४० नयाँ संक्रमित थपिए

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ५९३ पाठक संख्या
  • बेथानचोक गाउँपालिकाको एक जना महिलाको शिर मेमोरियल अस्पतालमा कोरोना संक्रमणको कारण मृत्य भएको छ । मृत्यु हुनेमा बेथानचोक गाउँपालिकाकी ७५बर्षिय महिला छिन् । उनको असोज २८ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । यो सँगै काभ्रेका कोरोना बाट मृत्युहुनेको संख्या १० पुगेको छ ।

    त्यस्तै बुधवार काभ्रेमा नयाँ ४० संक्रमित थपिएका छन् । थपिनेमा धुलिखेल नगरपालिकामा सबैभन्दा बढि २१ जना संक्रमित छन् । धुलिखेलमा १३ पुरुष र ८ महिला, पनौती नगरपालिकामा ४ पुरुष र ४ महिला, तथा बनेपा नगरपालिकामा ७ पुरुष र ४ महिला छन् । यो सँगै काभ्रेका संक्रमितको संख्या ११ सय ३६ पुगेको छ । यस मध्ये ६ सय २९ संक्रमित निको भएर घर फर्किएका छन् भने ४ सय ९७ जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया दिनुहोस