२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

रोशी ११ की ९ बर्षिय बालिकाले किन गरिन आत्महत्या ?

  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ११०६ पाठक संख्या
  • रोशी गाउँपालिका वडा नं ११ धारापानी कालीदेविमा एक ९ वर्षिय बालिका झुण्डीएको अवस्थामा फेला परेकी छ । पदम बहादुर किङरीङको ९ वर्षिय छोरी प्रमीला किङरीङ घरमा कोहि नभएको बेला झुण्डीएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

    २ वर्षको बच्चा हेर्न लगाइ बावु आमा काममा गएको बेला बालिकाले घर भित्र पासो लगाई झुण्डीएको अस्थामा भेटिएकी थिइन । मृतक किङरीङ सोहि वडाको पोक्रा माविमा कक्षा ४ मा अध्ययनरत थिईन् । किङरीङको लास पोष्ट मार्टमको लागि जिल्ला पठाईएको र थप नतिजा आउन बाँकि रहेको खड्काले जानकारी दिए ।

    रोशी ११ का वडा अध्यक्ष मिलन लामाले बालिकाले अत्महत्या गर्नुको कारण बारे के होला भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखेका छन् । उनले घटना बिवरण लेख्दै केहि प्रश्नहरु राखेका छन । ति ९ बर्षिया बालिका आत्महत्या नै गर्ने अवस्था कसरि निर्माण भयो ? पिङ जसरी बनाउनु र त्यहि खेल्ने क्रममा भएको हो की ? कुनै फिल्म चलचित्रहरुमा त्यो खाल को दृश्य देखिएको त्यो सिको भएको कि ? त्यो एकान्तवासमा ति बालिका को मनले आत्महत्या गर्ने खोजेको नै थियो की ? बडा अध्यक्ष लामाका अनुसार घटनास्थल हेर्दा कसैलाई शंका गर्न नसकिने बताए । फरक खलको घटना देखिएकोले यस्तो खालको घटना हुन नदिन वा न्युनिकरण गर्न तत्काल बालबालिकाको मनोभावना बुझ्ने खालको कार्यक्रमको आवश्यक भएका लामाको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस