२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सितोरियो कराते संघ काभ्रेको अध्यक्षमा प्रताप बैद्य

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित ३ साल अघि
  • १२८५ पाठक संख्या
  • नेपाल सितोरियो कराते संघ काभ्रे शाखाको अध्यक्षमा प्रताप बैद्य निर्विरोध निर्वाचित भएका छन् । संघको तेश्रो अधिवेशनवाट बैद्य सहित ३३ जनाको नयाँ कार्यसमिति चयन भएको छ ।

    उपाध्यक्षहरुमा नवराज मानन्धर, कुबेर मानन्धर, प्रकाश श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ, विजेन्द्र प्रधान, महासचिवमा श्यामसुन्दर कुँबर, सचिवमा गौतम मानन्धर, सह–सचिव कबिरकुमार रञ्चितकार, कोषाध्यक्षमा संजय सुन्दर सैजु , सह– रामसुन्दर कुँबर निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरुमा दिपक पण्डित क्षेत्री, गणेश दनुवार, रामेश्वरी मानन्धर, सुर्यलाल श्रेष्ठ, बलराम मानन्धर, सुरज केसी, राजेन्द्र आचार्य, विजय श्रेष्ठ, श्याम मानन्धर, श्याम श्रेष्ठ बुडोल, रणबहादुर तामाङ, राजन मानन्धर, देव लामा, संजय लामा, तेजनारायण पसछें, सुजन सुवाल, किशोर नापित, सुरेन्द्र अमात्य, श्याम श्रेष्ठ पनौती निर्वाचित भएका छन् ।

    तश्रो अधिवेशन बागमती प्रदेशसभा सदस्य बसुनधरा हुमागाईको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य, नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङ, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानविर वाइवा, संघका निवर्तमान अध्यक्ष विजयय सुन्दर सैंजु लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

    संघको अधिवेशन कार्यक्रममा संस्थापक प्रशिक्षक राजेन्द्र कपाली, निवर्तमान अध्यक्ष विजय सुन्दर सैंजु, निवर्तमान केन्द्रीय सदस्य पताप बैद्य, राखेप प्रशिक्षक ओम प्रकाश नकर्मी, संस्थापक अरुणकाजी बैद्य, काभ्रे कराते एकेडेमीको संस्थापक अध्यक्ष सुरेश कारञ्जित, काभ्रे करातेका अध्यक्ष कुबेर मानन्धर, संस्थापक सौरभराज कायस्थ लगायतलाई सम्मान समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस