२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संक्रमित भएपछि रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालको कोरोना लक्षण र भोगाईहरु (उहाँकै शब्दमा)

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २२७३ पाठक संख्या
  • आफ्नो घर भित्र बाहेक जहाँ पनि मास्क लागाउन अनुरोध

    २०७७ असोज १५ गतेका दिन कार्यालयमा भिड भाड थियो । एउटा टेन्डर का लागि १०४ निर्माण ब्यबसायीका फर्महरु बिक्री भएका थिए । बिहान एउटा महत्वपूर्ण फिल्ड भिजिटको काम पनि भएकोले बिहान ७ बजे नै कार्यालय पुगे । कार्यालय जानू पुर्ब करिब ३ किमि मर्निङ वाक गरेर आइ नुहाएर निस्केको थिए । फिल्ड भिजिटको क्रममा ५÷७ वटा अम्बा खाली पेटमा खाएको थिए । त्यस क्रममा तातो घाममा करिब २ किमि हिडें । बिहानको खानामा दहि (प्राय अरु दिन खान रुचाउदिन) खाएको थिए । केही अमिलो थियो । खाना खाएपछी टेन्डरको लागि प्रहरी ब्यबस्थापन कर्मचारी ब्याबस्थापनको क्रममा धपेडी भएको थियो । त्यही बेला दर्ता भै सकेको टेन्डर लुट्न आएको जत्थाको कारण मुटु ढुक्क फुलेको आभास भएको थियो । १२ बजे सम्ममा ५० वटा बिड दर्ता भएका सबैमा आफैले तोक लगएको, १० जति उपभोक्ता समिति सँग सम्झौता गरेको र १ बजे कार्यकक्षमा नै ५० वटै टेन्डर आफैले खोलेको ( सबैमा कैँची आफै लगाएको थिए) निर्माण ब्यबसायिका प्रतिनिधिहरु धेरै हुनुभएकोले जिस्कदै टाढा बस्न भनेको थिए । उनीहरु रिसाउलान भनेर म संक्रमित हुन सक्छु यहाँहरुलाई सर्छ समेत भनेको थिए । मुचुल्का गर्ने क्रममा तातो तातो बहशमा करिब ४ बजे त्यो काम सम्पन्न गरिएको थियो । त्यो दिन धेरै गर्मी तथा बाक्लो उपस्थितिका कारण एसी लगाइएको थियो । अरु दिन खाने नगरेको चिसो कोक एक ग्लास समेत खाए ।

    त्यसपछि काठमाडौ फर्कने क्रमम बाटोमा आइसके पछि घाँटी समातेको र बोल्न कठिनाई भएको आभास भो । अम्बा दहि अनि फ्रिज भित्रको कोकको करामत भन्ने निष्कर्स निस्कियो । एक जना स्टाफको गोजिमा स्टेप्शिल रहेछ दिनु भो त्यो बाटोमा २ वटा खाए घर आएपछी एउटा खाए । घरमा आएपछि आफ्नो घाँटी समातेको भन्दा कोरोना त लागेन भन्ने संका गर्दा उपरोक्त खानालाई नै दोष लगाइ रहेको थिए । १४ गते प्राबिधिक शाखाको ६ जना लाई नै यस्तै लक्षण देखिए पछि स्वाब संकलन गरिएको थियो जसले गर्दा मेरो मनले १०० प्रतिशत खानालाई दोष दिन उपयुक्त ठानिन र म आइसोलेट भएँ । राती घाँटी दुख्ने मात्रा बढ्यो शरीर मा अधिक गर्मी हुने अत्यन्तै थकाइ लाग्ने भै उक्त रात राम्ररि निदाउन सकिन । जिउ थर्थर काप्ने जोरो आएझै लाग्ने टाउको दुखी रहने गर्दा एक मनले आफुलाइ कोरोना लागेको ठानी राथे भने अर्को मनले जुन्सुकै बेला मास्क लगाएको र लक्षण देखिएका प्राबिधिक साथिहरु सँग नजिक नभएकोले अम्बालाइ नै दोष दिई रहेको थिए । यो दुख्ने क्रम शनिबार झन थपियो दिन भर सुते । शनिबार राती निदाउनै सकिन । तातोपानी बाहेक कुनै औषधी खाइन । आइतबार पनि सो छट्पटी जारी रहेपछी मोबाइल अफ गरेर सुतेको थिए । मेरो दुबै सिम अफ भएपछी कार्यालय बाट सबारी चालक भाइलाई फोन गरि तु अफिसमा कल गर्न भन्ने खबर मेरो शृमतीको मोबाइल मार्फत आयो । सम्पर्क नै नगरी अन्दाज गरि सकेको थिए कि सबै लक्षण वाला साथिहरुको पोजिटिभ आयो । मोबाइल खोलेर सम्पर्क गर्दा ६ जनाको स्वाब पठाएकोमा ४ को पोजिटिभ थियो । यस अघि नै वडामा कार्यरत इन्जिनियरको पोजिटिभ आइसकेको थियो । अब आफुलाइ कोभिड लागेको कुरामा धेरै हद सम्म स्विकारी सकेको थिए । यद्यपि उपरोक्त ३ चिज खाएकै दिन किन यस्तो भो भन्ने कुराले तै…. भन्ने लागि रह्यो ।

    सोमबार कन्ट्र्याक ट्रेसिङ गर्न अफिस जाने तय भएको थियो । मेरो शरिरको थरथराहट अनि गाउँपालिकामा उपयुुक्त आइसोलेसन नभएकोले घर फर्कनु पर्ने हुदा प्रदेस स्वास्थ्य कार्यालयका डा नरेन्द्र झाले बनेपामा नै स्वाब निकाल्ने बन्दोबस्त गरि दिनुभो । म शुक्रबार देखि आइसोलेट भएर छुट्टै बसेको स्मृति, छोरो र छोरी एउटा रुममा थिए । १८ गते सोमबार रातीबाट छोरालाइ एक्कासि जोरो आयो । अब भने मुटुको धड्कन ज्यादै बढ्यो । त्यसपछी छोरालाइ पुन आइसोलेट गरियो । धन्न ३ वटा बाथरुम सहितको कोठा हुनाले म्यानेज भयो । मंगलबार बिहान एक डोज र बेलुकी एक डोज सिटामोलले छोराको जोरो मंगलवार रातिबाट कन्ट्रेल भो । मंगलबार पुन अर्को इन्जिनियरको पोजिटिभ आयो । राती डा.साबले फोन गर्नु भो । मैले अगाडि नै स्वैकार गरि सकेकोले खासै केही भएन । यद्यपि छोरो लाई जोरो आउनु स्मृतिलाई घाँटी दुख्नु जस्ता कुरामा थप धड्कन बढायो । यो रात पनि निन्द्रा परेन । बुधबार रोशीको स्वास्थ्यका साथिहरु घरै आएर स्वाब लिदिनु भो बिहिबार छोराको पनि पोजिटिभ आएको छ । बुधबार दिनभर पखाला लाग्यो । बुधबार राती राम्ररी निदाए । बिहिबार नाक गनाउने कान थुनिने छाती दुख्ने भएको छ । इम्युनिटी बढाउने नाममा धेरै पटक नुन वाला झोलिलो कुरा तथा गुर्जो बेसार अजिथ्रो खाएकोले होला गर्मी अनुभव भएर शरिरमा ताप बढेको मुटुको पल्स १११ पुगि निन्दाउन समस्या भयो ।

    बिरामी भको जानकारी नपाउनेले किन घर बसेको भनेर सोधनि गर्न फोन गर्ने आफन्त साथिभाई तथा शुबचिन्तकहरुले कोरोना नयाँ रोग भएको कारण समेत स्वास्थ्य लाभको कामना गर्न तथा के कसो छ भनेर सोधनि गर्दा म्यानेज नै गर्न नसकिने गरि फोन आएकोले फोन अफ गरेको छु । एकातिर छाती दुख्ने रोग अर्को तर्फ धेरै बोल्न नहुने अबस्थाको कारण धेरै कुरा मेसेजमा नै गर्ने गरिएको छ । बुधबार बिहान निकै राम्रो भएको महशुस भको थ्यो । दिउँसोबाट पखाला लाग्यो । बेलुकी छाती दुखेर श्वास प्रस्वास मा अलिक असहज जस्तो भएपछी बाफ लिने काम गरे । अक्सिजन लेबल हेर्ने बाफ लिने जरो, प्रेसर नाप्ने तथा गाह्रो महसुस हुदाँ जडान गर्न मिल्ने नेबुलाइजर र औषधी रेडि अवस्थामा राखेकोले पनि ढुक्क फिल भा छ । छाती दुखाइ नाक खिर्याउने र थकाइ बाहेक अरु लक्षण छैन । आफुलाइ खासै गारो नभए पनि कहिले ज्वानो पानी, कहिले बेसार पानी कहिले गुर्जो पानी कहिले तातो दाल कहिले जेठी मधु कहिले कागती पानी कहिले मरिच पानी कहिले तुलसी पानी गर्दा गर्दै सादा पानी खाने तथा नाकमा बाफ लगाउन नै समय नपुग्ला जस्तो भै सक्यो । कोरोना सोरोना जे जे भने पनि नाकमा सिङान न आउने खाले अलिक चाडै फोक्सोमा सन्क्रमण हुने रुघा रहेछ । रुममा एक्लै बस्दा मास्क नलाएनी हुन्छ भन्ने अजासु (अति जान्ने सुन्ने ) को सुझाव मान्ने भएर म मास्क नलाई बसे । कार्यालय सहयोगी मार्फत आएका फायल हेर्ने क्रममा संक्रमित साथीहरुले छोएको तथा थुकका छिटा परेको कगजात मेरो नाकमा पुग्यो होला भन्ने मेरो अनुमान छ ।

    म संक्रमित भएको मलाई लक्षण देखिएको एक हप्ता अगाडि शुक्रबार र सोमबारको बिचमा हुन पर्छ भन्ने ठम्याई छ । म सुरुका दुई दिन चाहिँ जताततै ढल्ने थिए हाल ठिक छु । मत पोजिटिभ भै सकेर एन्टि बडि उत्पादनमा लागि सके बरु यहाँहरु सकेसम्म जोगिने प्रयत्न गर्नु होला । आफ्नो घर भित्र बाहेक जहाँ पनि मास्क लागाउनु होला । मास्कले तपाईंको मुख्य शत्रु हात लाई नाकमा पुर्याउन रोक्ने छ । हामी आफै घर घरका ठुला डाक्टर भएर पनि अहिले कोरोना भाइरस तिब्र रुपमा फैली रहेछ। रुघाखोकी लागेमा जाडो आउन लागेर हो कोरोना सोरोना हैन ३ दिन मा ठिक भैहाल्छ । यति जाबोमा अफिस किन नजानु ? व्यापार किन छाड्नु भन्दा भन्दै हजारौं लाई रोग सारी सकियो । कोरोना मात्र सार्न नमिल्ने रुघा चाहिँ सार्न मिल्ने हो? कोरोना होकि हैन भनेर जाच्न परेन केबल आफुलाइ रुघाखोकी लागेको छ भने यो अरुलाइ सर्न नदिनका लागि आफू अफिस नगै दिने ब्यापारमा नगै दिने गर्नु जरुरी छ । फेसबुक मा भेटिएका कोरोनाका लक्षण पढेर मलाइ १०० मात्रै जोरो आछ । कोरोना भाको भा एकै पटक उच्च जोरो आउथ्यो । सिगान आछ त्यसैले हैन । खोकी लाग्या छैन गन्ध गाको छैन लगायतका फेसबुके कुतर्क पढेर आफुलाइ कोरोना बिहिन साबित गर्ने अनि आफ्नो परिवार इस्टमित्र सबैलाइ कोरोना सार्दै जाने प्रथाको अन्त हुन जरुरी छ । अनि अर्को कुरा लक्षण देखिना साथ सहज परिक्षण हुने ब्यबस्था हुने हो र प्रतेक स्थानीय तहमा आइसोलेसन हुने हो भने बड्दो क्रम घट्न सक्छ। होम आइसोलेसन भन्ने कुरो एउटा बाथरुम शेयर गरेर बस्ने तथा एक ाबितभ मा एक मात्रै बाथरुम भएका हरुको हकमा असम्भव प्राय हुने रहेछ ।

    मौषमी फ्लू हो या कोरोना हो भनेर कसरी छुट्याउने भनेर फेसबुकहरुमा विभिन्न लक्षण हरु दिएको पाइन्छ । मेरो सन्दर्भमा ती लक्षणहरु बिल्कुलै फरक पाए । न जोरो छ न खोकी छ । न घाँटी खस्खसाको छ।नत पखाला लागेको छ। न स्वाद हराको छ नत गन्ध हराएको छ । घाँटी फ्लूमा पनि समाउथ्यो । छाती पनि दुख्थ्यो । जिउ पनि दुख्थ्या  टाउको पनि दुख्थ्यो नै। हाछिउ पनि आएकै थियो । नाक बन्द खुल्ला यहाँ भन्दा अघि पनि भएकै हो । यो पटक केही फरक महसुस गरिएका कुराहरु यस्ता छ्न ।

    १) घाँटी केहिछिन समाउने केही छिन मै छोड्ने
    २) पहिला पहिला सिङान तर्तरी हुन्थ्यो यो पटक अलिअलि नाक चिसो भो एकै छिन मा सुक्खा ।
    ३) जुनसुकै बेला चिट्चिट पसिना आउने
    ४) शरीर का माम्सपेशी दुख्ने अधिक थकाइ लाग्ने
    ५) गलो नबस्ने तर बोली नाके भयो ।
    ६) जोरो आएन तर आउला आउला जस्तो गन
    ७) तालु पोले जस्तो गर्यो
    ८) श्वास ४० सेकेन्ड पनि रोक्न सकिएन।
    ९) पातलो दिशा भएन तर पटक पटक दिशा भैरह्यो ।
    १०) मौषमी फ्लूमा हाछिउ पटक पटक आउथ्यो यो पटक हाच्छिउ एक्दमै कम पटक आइरहेछ।
    ११) टाउको भारी भैरहने र बेलुकी पख बढी टाउको दुख्ने
    लक्षण देखिना साथ म पनि आइसोलेसनमा बसेको थिए तर सो पुर्ब नै मलाई पनि कसैले हजुर मलाइ यस्तो भो तपाईं मेरो क्लोज कट्याक्टमा हुन्हुन्थ्यो भनेर जानकारी दिएको थियो भने लक्षण पुर्ब नै म सजक हुने थिए र थप फैलन बाट जोगिने थियो भन्ने लागेको छ ।

    प्रतिक्रिया दिनुहोस