२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो, कुन प्रदेशमा कति सक्रिय संक्रमित ?

  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३२४ पाठक संख्या
  • नेपालमा कोराना संक्रमितको संख्या १ लाख नाघेको छ । शुक्रवार एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको हो ।

    नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए ।

    शुक्रवार थपिएकामा संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।

    यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् । हाल ३१८ जना आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् ।

    पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृत्तकको संख्या ६ सय पुगेको छ । नेपालमा मृत्युदर दशमलब ६ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । नेपालमा कोरोना जितेर डिस्चार्ज हुने प्रतिशत ७२ दशमलब ५ प्रतिशत रहेको छ ।

    त्यस्तै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख पुगेको छ । संक्रमित मध्ये २ करोड ७६ लाखले कोरोना जितेका छने । हाल सम्म विश्वमा १० लाख ६७ हजारको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस