२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

‘काले केटो २’ मा पुजा, पल र आकाश एक साथ

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ७८८ पाठक संख्या
  • पहिलोपटक म्यूजिक भिडियोका चल्तिका नायक नायिकाले अभिनय गरेका छन् ।
    पूजा शर्मा, पल शाह र आकाश श्रेष्ठले एकसाथ काले केटो २ का अभिनय गरेका छन् ।

    नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको कालेकेटो २ मा नायिका पूजा , नायकद्धय पल र आकाशलाई फिचरिङ गरिएको छ ।

    निर्देशक विधान कार्कीलाई तीन सफल कलाकारलाई म्यूजिक भिडियोमा उतार्न सहज थिएन । यसैले, उनी भिडियोलाई उत्कृष्ट बनाउन लागिपरेका थिए भने छायांकार उत्सव दाहालको व्यस्तता पनि उस्तै थियो ।

    संगीतकार अर्जुन पोखरेलको संगीतमा समावेश ‘काले केटा २’ बोलको गीतमा दुर्गा खरेल र अर्जुन पोखरेलको यो गीतमा स्वर छ भने ध्रुवप्रसाद अमगाँइको शब्द छ ।

     

    प्रतिक्रिया दिनुहोस