२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव गरेका प्रदेश ५ का मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि ढुंगाप्रहार

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३७२ पाठक संख्या
  • प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगाप्रहर भएको छ । काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको हो ।

    ढुंगा प्रहार भएपछि पहिल्यैदेखि राजमार्ग चौराहामा तैनाथ प्रहरीले हवाई फायर गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए ।

    भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले जिल्ला बन्द आह्वान गरेकाले कडा सुरक्षाबीच मुख्यमन्त्री भैरहवाबाट बुटवल आउँदै थिए ।

    प्रतिक्रिया दिनुहोस