२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

यात्रा गर्दा वान्ता हुन्छ ? थाहापाउनुहोस रोकथामका १० उपाय ।

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३७६ पाठक संख्या
  • सामान्यतया गाडी, रेल, पानिजहाज तथा हवाइजहाजमा यात्रा गर्दा अप्ठेरो महसुस हूने,पसिना आउने,रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकि लाग्ने र वान्ता हुने हुन्छ । यात्रा गर्दा यस्तो हुनुलाई देखिनुलाइ मेडिकल शब्दमा मोसन सिक्नेस भनिन्छ।

    मोसन सिक्नेस हुनुको प्रमुख कारण यात्रुको आँखाले देखेको दृश्य र यात्रुको भित्रि कानले गरेको महशुस फरक पर्न गइ दिमागमा मिश्रित सन्देश जानु हो । अन्य कारणहरूमा यात्राको डर, बसेको ठाँउमा सफा हावाको प्रवाह कम हुनु, झ्यालबाट बहिर हेर्न नमिल्नु आदि हुन्।

    प्राय यसबाट यात्रा गर्ने सम्पूर्ण यात्रु खतरामा भए पनि गर्भवती महिला, २ देखि १२ वर्ष सम्म का बच्चाबच्चि र माइग्रेन भएका बिरामिहरू बढि प्रभावित हुने गर्दछन।सामान्यतया मसन सिक्नेसबाट प्रभावित बिरामी यात्रा सकिसकेपछि आफै बिस्तारै सन्चो हुदै जान्छ तर बिरामिलाइ जलवियोजन भएमा तुरून्त स्वस्थ्य संस्था लैजानु पर्दछ।

    यसका रोकथामका उपाएहरू

    १) यात्रा गरिरहेको दिशा भन्दा फरक दिशामा फर्केर नबस्ने

    २) सकेसम्म गाडिको अगाडिको सिटमा बस्ने,पानिजहाजको तलको मध्यभागमा तथा हवाइजहाजको पखेटानेरको सिटमा बस्ने

    ३) बसेको ठाँउमा सफा हावाको प्रवाह कम हुन नदिन मिल्निभए झ्याल खोल्ने

    ४) यदि अन्य यात्रुलाइ वान्ता भइरहेको भएमा सकेसम्म टाढा बस्ने

    ५) मसन सिक्नेसको बारेमा कुरा नगर्ने र कुनै यात्रुले गरेमा ध्यान नदिने

    ६) यात्रा गर्दा पत्रपत्रिका तथा किताबहरू नपढ्ने, आँखा बन्द गर्ने अथवा कुनै टाढा को निस्चित बिन्दुमा हेर्ने

    ७) यात्रा गर्नु पुर्व धेरै चिल्लो खाना,धुम्रपान तथा मध्यपान नगर्ने

    ८) ध्यान भङ्ग गर्ने खालका कृयाकलाप गर्ने जस्तै गीत सुन्ने, केहि खाने, गफ गर्नेआदी

    ९) यात्रा गर्नु पुर्व स्याउको जुस पिउने, पदिनाको चिया अथवा पदिनाको पात खाने, तिते पाती को चिया अथवा केहि तिते पाती को रस खाने, अदुवाको चिया अथवा अदुवा खाने, यात्रा गर्दा कगति खाने गर्नाले पनि यसलाई कम गर्न सकिन्छ

    १०) स्वास्थ्यकर्मिको सल्लाह बमोजिङ मात्र यात्रा गर्दा प्रोमिथाजिन, सक्लिजिन, डिफिन्हाड्रइन जस्ता औषधि सेवन गर्ने

    प्रतिक्रिया दिनुहोस