२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

नमोबुद्धमा जेष्ठ नागरिक सम्मान

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३०९ पाठक संख्या
  • काभ्रेको नमोबुद्ध नगरपालिका ११ मा जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ ।

    नमोबुद्ध नगरपालिका वडा नं ११ को आयोजनामा सय भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गर्दै दिवस मनाइएको हो । कार्यक्रम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले वडाका सय भन्दा बढी जेष्ठ नागरिकलाई छाता, हर्लिक्स, साबुन र सेनिटाइजर पनि वितरण गरे । साठीदेखी सय बर्ष उमेरका जेष्ठ नागरिकसँग मेयर तिमल्सिनाले आँखा कमजोर भएकाहरूलाई चाँडै गाउँमै शिविर सञ्चालन गरेर अप्रेसन गर्ने बाचा गरे ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले जेष्ठ नागरिकका ज्ञान र सीपलाई अहिलेको पुस्ताले लिएर अगाडी बढ्नुपर्ने बताए । नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न योजना र कार्यक्रम तर्जुमा गरेको चापागाईको भनाई छ ।

    कार्यक्रममा वडा अध्यक्ष कृष्णबहादुर तामाङ, वडा सचिव शंकर भट्टराईको उपस्थिति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस