२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मन्त्रीपरिषद् बैठक : बैरागी मुख्यसचिव, रेग्मी बेलायत र खतिवडा अमेरिकाको राजदुत सिफारिस

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६०४ पाठक संख्या
  • मुख्य सचिवबाट राजिनामा दिएका लोक दर्शन रेग्मीलाई सरकारले बेलायतको राजदुत बनाएको छ । रेग्मीको ठाउँमा सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

    बैठकक संलग्न एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस