२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका १ सय ८ जनाले कोरोना जितेर घर फर्के

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३९८ पाठक संख्या
  • काभ्रेका कोरोना संक्रमित मध्ये १ सय ८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

    मंगलवार साँझ सम्म संक्रमित संख्या २ सय ८५ मध्ये १ सय ८ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

    संक्रमित मध्ये १ सय १७ जना विभिन्न अस्पताल, नगरपालिकाले स्थापना गरेको आइसोलेसन तथा केहि व्यत्तिःहरु होम आइसोलेसनमा उपचार गाराईरहेका छन् ।

    मंगलवार थप १० जनामा कोरोना

    मंगलवार काभ्रेका थप १० जनामा कोरोना संक्रमित थपिएका छन् ।

    सोमवार अवेर रिपोर्ट आएका भुम्लु गाउँपालिकाका २ जना पुरुष र २ जना महिला, धुलिखेल अस्पतालका १ जना पुरुष, स्पाइनल इन्जुरी अस्पतालका २ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण देदिएको थियो । मंगलवार भने रोशी गाउँपालिका ९ की एक जना महिलामा कोरोना संक्रमण देखिएको थियो ।

    जिल्लामा हाल कोरोना संक्रमितको संख्या २ सय ८५ जना पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस