२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संक्रमण फैलन नदिन सूर्यविनायक नगरपालिकामा बिशेष अभियान

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३५६ पाठक संख्या
  • सूर्यविनायक नगरपालिकाले टोलटोलमा कन्ट्रयाक ट्रेसिङ्ग गर्दै स्वाब संकलन अभियान सुरु गरेको छ । नगरपालिका क्षेत्रमा जोखिम युक्त वडा र टोलको पहिचान गरी नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरी टोल टोलमा स्वाब संकलन सुरु गरेको नगर प्रमुख वासुदेव थापाले बताउनुभयो ।

    नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका क्षेत्रमा पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण भएका जोखिम युक्त क्षेत्रको पहिचान गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो पार्दै लगेको बताउनुभयो ।

    नगरपालिकाले एकै दिन सूर्यविनायक चोकमा वडा नं। ६ र ८ का कन्ट्रयाक ट्रेसिङ्गमा रहेका प्रहरीसहित ५५ गरी जम्मा २६० जनाको कन्ट्रयाक ट्रेसिङ्ग गरी स्वाब संकलन गरेको छ ।सो क्रममा जनप्रतिनिधीको टोली सहभागि भएर स्थानीयको स्वाब संकलन गरिएको थियो ।

    नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले आवह्यकताका आधारमा जोखिमयुक्त टोल मै पुगेर स्वाब संकलन गर्ने, उनीहरुलाई होम क्वारेन्टाइनमा राख्ने, सङ्क्रमण पुष्टी भएका तर लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राख्ने, सक्रिय सङ्क्रमितलाई अस्पताल लैजाने लगायतका कामलाई व्यबस्थित रुपमा सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताउनुभयो ।

    सूर्यविनायक नगरपालिकामा अहिलेसम्म ७५ पुरुष र ५४ महिला गरी १२९ रहेकोमा ५२ पुरुष र ३९ महिला गरी ९१ जना सक्रिय सङ्क्रमित रहेको उहाँले बताउनुभयो ।जसमा ६५ जना होम आइसोलेसनमा रहेको, २६ जना अस्पतालमा उपचाररत रहेको, २१ पुरुष र १४ महिला गरी ३५ जना निको भएर घर फर्किएको र दुई महिला र एक पुरुष गरी तीन जनाको ज्यान गएको ज्ञवालीले जानकारी दिनुभयो ।

    अहिलेसम्म २०५ को कन्ट्रयाक ट्रेसिङ्ग गरिएकोमा ४५ जना अर्थात २२ प्रतिशतमा पीसीआर पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस