२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

मण्डनदेउपुर नगर बिरुद्ध काँग्रेस आन्दोलित

  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • २०४७ पाठक संख्या
  • नेपाली काँग्रेस नगर कार्य समिति मण्डनदेउपुर आन्दोलित भएको छ ।

    मण्डनदेउपुर नगरपालिकाद्धारा भएका मनोमानी निर्णय र जनविरोधी क्रियाकलाप बिरुद्ध नेपाली काँग्रेस मण्डनदेउपुर आन्दोलित भएको हो । नगर कार्यसमितिले दुई पटक सम्म ध्यानकर्षण पत्र बुझाउदा पनि नगरपालिकाले आफ्नो भनाई नसुनेपछि बाध्य भएर आन्दोलनमा जानुपरेको काँग्रेसको भनाई छ । विकास निर्माण तथा सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, अनियमितता, दलगत विभेद अन्त्यका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नगरप्रमुख सुझावको बेवास्ता गर्दै एकलौटी अघि बढेकोले धर्ना दिएको मण्डनदेउपुर नगर कार्य समितिले जानकारी दिएको छ ।

    काँग्रेसले  बुधवार मण्डनदेउपुर नगरपालिकाको कार्यालय अगाडि एक घण्टा धर्ना दिएको छ । कुन्ताबजारबाट ¥याली, प्ले कार्ड र नारा सहित नगरपालिमा कार्यालयमा धर्ना दिएको थियो । काँग्रेसले बिहान साढे १० देखी साढे ११ बजेसम्म धर्ना दिएको थियो । नगरपालिकाले हैकमबाद लादेको, संघीयताको दुरुपोग गरेको, जनविरोधि गतिबिधि गरेको, बैठकमा फरक मत राख्न समेत नदिएको, बैठकका निर्णय नदिएको, नगरपालिकालाई दिर्घकालीन आर्थिक बोझ पर्ने गरी शिक्षकको रुपमा कार्यकर्ता भर्ती गर्न ऐन ल्याएको, दलगत आधारमा शिक्षकलाई जिम्मेवारी दिएको र सरुवा गरेको, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेर भ्रष्टाचार गरेको, नगरका सवारी साधनको दुरुपयोग गरेको, किसानका समस्यामा ध्यान नदिएको, मल चरम अभाव हुँदा पनि नगरले चासो नदिएकाले काँग्रेस आन्दोलन गर्न बाध्य भएको नगर सभापति रामहरि सापकोटाले बताए ।

    धर्ना कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका उपसभापति एवम् मेयरका प्रत्यासी अच्यूत पौडेलले सुधार नभए अझ शसक्त आन्दोलनमा जाने चेतावनी दिए ।

    कार्यक्रममा जिल्ला सदस्य दधिलाल श्रेष्ठ, क्षेत्रीय सचिव आनन्द सापकोटा  र दिनेश नेपाल, नेपाली काँग्रेस काभ्रे काठमाण्ठौ सम्पर्क समितिका महासचिव नारायण सापकोटा, नेवि संघका पूर्व सह–महामन्त्री माधव ढकाल, नेपाली काँग्रेस काभ्रेका सहकारी शाखाका सह संयोजक दिपक पौडेल, महासमिति सदस्य लिला नेपाल, महाधिवेशन प्रतिनिधि दिल लामा, नगर सह सभापति एवं वडा सभापतिहरु पदमबहादुर नेपाल, झम्कप्रसाद न्यौपाने, ज्ञानेन्द्र पराजुली, नगर उपसभापति राजकुमार मल्ल र प्रेम लामा , नगर सचिवहरु हरि पौडेल, कुमार ढकाल, निलप्रसाद अधिकारी, बासु पराजुली, मनोज काफ्ले, नगर कोषाध्यक्ष एवं वडा सभापति गंगालाल श्रेष्ठ, वडा सभापतिहरु बुद्धिमान तामाङ, सागर लामिछाने, हरि पौडेल, माधव नेपाल, वडा अध्यक्षका प्रत्यासी दिपेन्द्र लामा, विनोद पौडेल र सिताराम श्रेष्ठ, क्षेत्रीय सदस्य सुर्य राई, महिला नेतृ पुर्णकुमारी रम्तेल लगायत मण्डनदेउपुर नगरपालिका वडा न ५ र १० का वडा अध्यक्षको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस