२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा आठ संक्रमित थपिए, जिल्लामा सक्रिय संक्रमित संख्या १ सय ९९

  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४६३ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाका चार जनामा बुधवार कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार नमोबुद्ध नगरपालिकाका चार पुरुष, बनेपा नगरपालिकाका दुई महिला, धुलिखेल र पनौती नगरपालिकाका एक÷एक पुरुष रहेका छन । आज थपिएका आठ सहित काभ्रेमा संक्रमितको संख्या ६३८ पुगेको छ । जसमा २२६ महिला र ४१२ पुरुष रहेका छन ।
    जिल्लामा सक्रिय संक्रमित १९९ रहेकामा १२९ अस्पतालको आइसोलेसनमा र ७० जना होमआइसोलेसनमा रहेका छन । अहिलेसम्म ४३३ जना कोरोना जितेर घर फर्किएका छन । जसमा आजमा १४ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    काभ्रेमा कोरोनाका कारण २ महिला र ४ पुरुष गरी छ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस