२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपाका दुई अध्यक्ष बीचमा कुरा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाई

  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३९५ पाठक संख्या
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच दैनिकजसो भेटवार्ता भएपनि दुई अध्यक्ष बीचमा कुरा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाई भएके छ ।
    लगातारका छलफलमा दुई नेताबीच ठोस सहमति बन्न नसक्दा परिणाम आउन नसकेको र मन्त्रिपरिषद् पुनर्गठनमा पनि ढिलाइ भइरहेको अन्य नेताहरुले आरोप लगाएका छन् ।

    अर्कोतिर मन्त्रिपरिषद् पुनर्गठनमा भएको ढिलाइ र नेताहरुको औपचारिक धारणा सार्वजनिक नहुँदा विभिन्न आशंका र अड्कलबाजीहरु भइरहेका छन् । जसले परिस्थिति प्रतिकुल हुने त होइन भन्ने चिन्ता नेकपा नेता कार्यकर्ताहरुमा बढ्न थालेको छ ।

    झण्डै एक हप्ता देखि दैनिकजसो छलफलमा जुटेका दुई नेताबीच मंगलबार पनि झण्डै तीन घण्टा छलफल भयो । तर कुनै सहमति भएन । यसले चिन्ता थपिनु स्वभाविक भएको नेकपाका एक नेताले जानकारी दिए ।

    स्थायी कमिटी बैठकको म्यान्डेट र सचिवालय बैठकको सुझावका आधारमा मापदण्ड बनाउने विषयमा दुई नेताबीच छलफल भइरहेपनि स्थायी समितिको म्याण्डेटलाई ओलीले बेवास्ता गर्न खोज्दा समस्या देखिएको एक प्रचण्ड निकट नेताले जानकारी दिए ।

    स्रोतका अनुसार ओलीसँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले स्थायी समितिको म्याण्डेटविपरित गएर मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने भन्दै आफ्नो अडान राखेका छन् । सोही अनुसार प्रचण्डले ओलीलाई मनाउने प्रयास पनि गरिरहेका छन् । तर ओलीले स्थायी कमिटिको म्याण्डेटलाई मान्न तयार नहुँदा समस्या भएको श्रोतको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस