२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरीको नयाँ सरुवा मापदण्ड, कारवाही भोग्ने र पुनर्वहाली हुनेलाई एक वर्ष इन्चार्ज नपठाइने

  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५४८ पाठक संख्या
  • प्रहरी प्रधान कार्यालयले सरुवाका लागि नयाँ मापदण्ड बनाएको छ ।

    ०६९ मा जारी सरुवा मापदण्डलाई परिमार्जन गरी नयाँ मापदण्ड बनाएको हो । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार इन्चार्ज खटाउन नयाँ मापदण्डमा अनुसार खटाउनु पर्ने भएको छ । नयाँ मापदण्ड अनुसार एक बर्षको समयावधि पुरा नभइ अब, प्रहरी कर्मचारीको सरुवा हुँदैन ।

    दरबन्दीमा एक बर्ष काम नगरेका र अवकासमा जान १ बर्षभन्दा कम समय बाँकी भएका प्रहरी अधिकृत इन्चार्ज नबन्ने भएका छन् ।

    ३ ठाउँमा इन्चार्ज चलाएका इन्सपेक्टर र डीएसपीलाई इन्चार्ज नदिने सरुवा मापदण्ड लागू गरिएको छ भने कारबाही भोगेका प्रहरी अधिकृतले १ बर्षसम्म इन्चार्ज हुन पाउनेछैनन् । युएन मिशनबाट फर्केका र भर्खरै तालिम पुरा गरेका प्रहरी निरीक्षकले कम्तिमा एक बर्ष सहायक भएर फिल्डमा काम गरेपछि मात्र इन्चार्ज हुन पाउने छन् ।
    सरुवा मापदण्ड अनुसार डीएसपीले अब दुईपटक जिल्लाको कमाण्ड नपाउन भएका छन् भने प्रहरी एस्पीलाई भने संख्या थोरै भएकोले प्रहरी प्रधान कार्यालयले बढुवाको अवधि नहेर्ने नीति लिएको छ तर एक ठाउँमा इन्चार्ज भइसकेपछि सोझै इन्चार्ज बन्न र गणको जिम्मेवारीमा भने एस्पी भएपनि नपाउने नीति छ ।

    आर्थिक विवाद वा आचरण विपरितको काम गरेमा चाहिँ एकबर्ष नपुग्दै फिर्ता बोलाउने मापदण्ड बनाइएको छ । निलम्बनमा परेर पुनर्वहाली भएका अधिकृतले एक बर्ष नपुगेसम्म इन्चार्ज हुन पाउँदैनन् ।

    प्रतिक्रिया दिनुहोस