२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे कोरोना अपडेट : मंगलवार थप ७ जनामा कोरोना

  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७९४ पाठक संख्या
  • काभ्रेमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    काभ्रेको बनेपा नगरपालिकामा ३ जना महिला र २ जना पुरुष तथा पनौती नगरपालिकामा १ जना महिला र १ जना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । यस अघि आजै पाँचखालमा ८ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै काभ्रेमा

    संक्रमितको संख्या ६ सय ३० जना पुगेको छ ।
    आजै १३ जना संक्रमित निको भएर घर फर्र्किएका छन् । यो सँगै काभ्रेका ४ सय १९ जनाले कोरोना जितिसकेका छन् भने जिल्लामा २ सय ५ सक्रिय संक्रमित रहेका छन् ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस