२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा थप १५ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या २ सय ३ पुग्यो

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५२८ पाठक संख्या
  • काभ्रेमा थप १५ जनामा कोरोना देखिएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार काभ्रेको बनेपा नगरपालिकाबाट ४ महिला र १ पुरुष, धुलिखेल नगरपालिकामा २ पुरुष र ४ महिला, पनौती नगरपालिकाकाम २ पुरुष र १ महिला तथा पाँचखाल नगरपालिकामा १ पुरुष गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।
    यो सँगै काभ्रेका संक्रमितको संख्या ६ सय १५ पुगेको छ । त्यसमध्ये ४ सय ६ जना डिस्चार्ज भएका छन् । जिल्लामा हाल २ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस