२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

काभ्रेमा संक्रमितको संख्या ६ सय पुग्यो, निको भएर ४ सय ५ जना घर फर्किए

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३९५ पाठक संख्या
  • काभ्रेमा कोरोना संक्रमितको संख्या ६ सय पुगेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार संक्रमितको संख्या २ सय ६ महिला र ३ सय ९४ पुरुष गरी ६ सय पुगेको जानकारी दिए । आईतबार जिल्लामा ४ नयाँ सक्रमित थपिए , थपिनेमा मण्डनदेउपुर नगरका १ पुरुष, पाँचखाल नगरको १ महिला, रोशी गाउँपालिकाका १ महिला र नमोबुद्ध नगरका १ पुरुष छन ।

    संक्रमित मध्ये ४ सय ५ जना निको भएर घर फर्किएका छन् ।

    निको हुनेमा १ सय ५७ महिला र २ सय ४८ पुरुष छन् । आईतबार मात्र २१ जना संक्रमित निको भएर घर फर्किए । हाल जिल्लामा १ सय ८९ जना सक्रिय संक्रमित छन् ।

    जिल्लामा हाल सम्म ६ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस