२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

पाँचखालले सार्वजनिक गर्यो कोभिडमा भएको आम्दानी र खर्च बिवरण

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित २ साल अघि
  • ९७३ पाठक संख्या
  • पाँचखाल नगरपालिकाले कोराना भाइरस (कोभिड–१९) को लागि भएको आम्दानी र खर्च बिवरण सार्वजनिक गरेको छ ।

    नगरपालिकाले हाल सम्म विभिन्न निकायबाट १ करोड ३६ लाख २० हजार १ सय २ आम्दानी तथा १ करोड १६ लाख ७४ हजार ९ सय ४२ रुपैयाँ खर्च भएको जनाएको छ । आम्दानीमा संसद विकास कोषबाट ५० लाख, प्रदेश सरकारबाट १२ लाख, प्राविधिक शाखाका कर्मचारीहरुको तर्फवाछ ९१ हजार, सर्वमंगला माविबाट २ लाख ७७ हजार, नगरपालिकाको आन्तरिक श्रोतबाट ६१ लाख ५७ हजार २ सय ९८, पदाधिकारी सुविधा र कर्मचारीको तलब कट्टाबाट ४ लाख २७ हजार ४ सय ५३, लिवर्ड नेपालको २ लाख २७ हजार, दीलिप अधिकारी ५० हजार, विन्ध्यवासिनी सहकारीको ३५ हजार, ग्रामिण महिला विकासबाट १० हजार, आर्थिक विकास बाट ३० हजार, बनेपा बचत बाट १० हजार १ सय १, जिल्ला बचत संघ बाट ५० हजार, मानुषि लघुवित्तबाट १५ हजार, अनुग्रह चर्चबाट १५ हजार ५ सय ५५, सवलम्बन लघुवित्तबाट १० हजार, एनसिसि लघुवित्त १० हजार, योगबहादुर ३ हजार आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

    खर्च तर्फ नगरपालिकाले सबैभन्दा बढि खाद्यान्न राहत वितरण र स्वास्थ्य कर्मचारी जोखिम भत्ता वितरण गरेको छ । नगरपालिकाले नगर तथा विभिन्न वडा कार्यालय मार्फत ३३ लाख २३ हजार ३४१ रुपैयाको खाद्यान्न वितरण तथा २३ लाख ४५ हजार ५३० रुपैयाँ स्वास्थ्यका कर्मचारीलाई जोखिम भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए । त्यस्तै कोरोना रोकथाप र नियन्त्रणबारे सूचना, प्रकाशन प्रसारण, माइकिङ, फ्लेक्स, गाडिभाडा, नागरिकलाई गन्तब्यमा पुर्याएबापत ५ लाख ६३ हजार, आईसोलेसन तथा क्वारेन्टाईन व्यवस्थापन खर्च १९ लाख ५८ हजार, औषधि तथा औजार उपकरण खरिद १९ लाख ३३ हजार, क्वारेन्टाईन तथा आईसोलेसनमा बस्ने व्यक्तिहरु, कर्मचारी तथा सुरक्षा निकायका कर्मचारीहरुको खाना र खाजा खर्च ९ लाख १६ हजार, एम्बुलेन्स भाडा ४३ हजार ५ सय, भर्चुअल कक्षा सञ्चालन शिक्षा शाखा २ लाख ६५ हजार, कोरोना बारे वडागत खर्च ३ लाख २४ हजार रुपैयाँ छ ।

    प्रकोप व्यवस्थापन कोषमा बाँकी रकम १९ लाख ४५ हजार  रहेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।
    १३ वटा वडा रहेको पाँचखाल नगरपालिकामा जिल्ला विपद् व्यवस्थापन केन्द्रले निर्देशन दिने वित्तिकै आईसोलसन सञ्चालन भएको थियो । अहिले पनि पाँचखालमा भेटिएका संक्रमितहरुको नगरपालिकाले स्थापना गरेको आईसोलसनमा उपचार भइरहेको छ ।

    नगरपालिकाले विभिन्न व्यक्ति तथा संस्थाहरुले दिएका स्वास्थ्य सामाग्रीहरुको समेत विवरणहरु सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस