२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५५६ पाठक संख्या
  • मान्छेलाई आक्रमण गर्ने बाघ चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।

    बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीको शनिबार बिहान सवा १० बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले अक्रमण गर्ने बाघलाई करिब पाँच घण्टाको प्रयासपछि अपराह्न नियन्त्रणमा लिइएको बताए।

    उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको सहभागितामा बाघलाई नियन्त्रणमा लिइएको हो।

    प्रतिक्रिया दिनुहोस