२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जग्गा विवादमा साक्षी बसेका दम्पतीमाथी आक्रमण, श्रीमतीको मृत्यु श्रीमान गम्भिर घाईते

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६४२ पाठक संख्या
  • जग्गा विवादमा साक्षी बसेका दम्पतीमाथी धारीलो हतियारमाथी आक्रमण भएको छ ।

    आक्रमणमा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भिर घाईते भएका छन् । घाईते  श्रीमानको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । धारिलो हतियार द्वारा गरिएको अन्धाधुन्द प्रहारबाट देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी दम्पतीमध्ये श्रीमती जगरामी देवीको मृत्यु भएको छ ।

    घटनामा संलग्न रहेको अभियोगमा बली मुखिया बिन, रामएकवाल मुखिया बिन र उनका एकजना आफन्त पक्राउ परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलले जानकारी दिए ।

    रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले सांघातिक आक्रमण गर्नेहरु अन्यको खोजी भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस