२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

यी ५ चीज, जसले सजिलै हटाउँछ मोटोपन

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • १०४३ पाठक संख्या
  • मोटोपनका कारण तपाईं चिन्तित हुनुहुन्छ ? ध्यान दिनुहोस्, घरभित्रै यसको औषधी पाइन्छ । मोटोपनलाई कम गर्नका लागि भान्सामा दैनिक प्रयोगमा आउने वस्तुहरू नै लाभदायक हुन्छन् ।

    दालचिनी : युर्वेदमा दालचिनीको प्रयोग कीटाणुनाशक, दुखाइको कम गर्न प्रयोग गरिन्छ । दालचिनी वजन कम गर्नको लागि पनि उत्तिकै महत्वपूर्ण छ । यसमा भएको तत्वले मेटाबोलिज्मलाई बढाउँछ भने ब्लड शुगर, कोलेस्ट्रोलको मात्रा घटाउन पनि सहयोग गर्छ । बिहान उठेपछि सबैभन्दा पहिले दालचिनी राखिएको पानी पिएमा यसले भोक कम गर्छ भने कोलेस्ट्रोलको मात्रा समेत कम गर्दछ ।

    कालो मरिच: आयुर्वेदका अनुसार कालो मरिचले तौल कम गर्न निकै प्रभावकारी हुन्छ । यसले शरीरको ब्लोकेज घटाउँछ भने सर्कुलेशनलाई सुचारु राख्न मदत गर्छ । यसले मेटाबोलिज्मको मात्रा बढाउन सहयोग गर्छ ।

    अदुवा : आयुर्वेदका अनुसार अदुवाले मेटाबोलिज्मको मात्रा २० प्रतिशत बढाउँछ । यसले पेटलाई स्वस्थ समेत राख्दछ । यसले मोटोपनसमेत घटाउन मदत गर्छ । यसले शरीरको टोक्सिनलाई बाहिर निकाल्छ । यसमा ज्वलन कम गर्ने एन्टी ब्याक्टेरियल तत्व हुन्छ । अदुवाको निरन्तर सेवनले तौल घट्नुका साथै स्वास्थ्य तन्दुरुस्त हुन्छ ।

    कागती : खानामा राखेर वा सलादको रूपमा सेवन गरेमा कागतीले तौल घटाउन सहयोग गर्छ । कागतीमा हुने भिटामिन सी र फाइबरले स्वास्थ्यलाई समेत फाइदा हुन्छ ।

    मह   : विस्तारामा जानुभन्दा केही समय अगाडि महको सेवनले क्यालोरी कम गराउँछ । यसमा हुने हार्मोनले भोक कम लगाउँछ भने तौल कम गर्न पनि सहयोग गर्छ । यसले शरीरको मोटोपन घटाउन पनि सहयोग गर्छ ।

     

    प्रतिक्रिया दिनुहोस