२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हुम्लाको सीमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्न काँग्रेसको माग

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३३६ पाठक संख्या
  • प्रमुख विपक्षी नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

    लिमी उपत्यकामा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको थियो । टोलीको रिपोर्ट नआउँदै सरकारले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको थियो ।

    त्यसलाई हतारको टिप्पणी भनेको कांग्रेसले स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्किए पश्चात वास्तविकता बाहिर नआएको भन्दै असन्तुष्टि जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ ।’

    प्रतिक्रिया दिनुहोस