२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अर्घाखाँचीमा पहिरोले २० घर बगायो

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४८८ पाठक संख्या
  • अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ ।

    शीतगङ्गा नगरपालिका –१२ को जख्रेगैरा, पहरेपानी, मैदानलगायतका ठाउँमा जमिन भासिएर माथिबाट पहिरो खस्दा २० घर पहिरोले पुरेको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिए ।

    पहिरोले मानवीय क्षति भने गरेको छैन । पहिरोले घर पुरेपछि २० घरका एक सयभन्दा बढी स्थानीयलाई गौरा माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।

    अहिले प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेको समाचार छ ।

    प्रतिक्रिया दिनुहोस