२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विद्युतको गाडी बगाउँदा १ को मृत्यु, २ बेपत्ता

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६६६ पाठक संख्या
  • कपिलवस्तुको वाणगंगा नगरपालिकावडा–७ मोतीपुर भलवाड सडकखण्डमा रहेको कजवेमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको गाडी बगाउँदा १ को मृत्यु र २ जना बेपत्ता भएका छन् । गाडीमा सवार ६ मध्ये ३ जना पौडिएर बाँचेका छन् ।

    प्राधिकरणको जितपुरस्थित स्वीच सेवाको बा १ ञ १०८९ नम्बरको गाडीलाई बाढीले बगाउँदा गाडीमा सवार ६ जनामध्ये १ जनाको मृत्यु भएको छ भने गाडीमा सवार २ जना बेपत्ता छन्। ३ जनाले गाडीबाट हाम फाल्दै पौडिएर ज्यान जोगएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए।

    गाडी चालक गुल्मी तम्घास घर भएर नेपाल विद्युत प्राधिकरणमा सवारी चालकको रुपमा काम गर्दै आएका ३५ वर्षीय माधवप्रसाद पाण्डेको शव फेला परेको प्रहरीले जनाएको छ।

    नेपाल विद्युत प्राधिकरण जितपुर फ्युज सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेल र गाडीमा लिफ्ट लिएर चढ्ने अर्घाखाँची शितगंगा नगरपालिकावडा–१३ का केशवप्रसाद भाट बेपत्ता छन्।

    वाणगंगा नगरपालिकावडा ९ की शिक्षिका ३२ वर्षीय कोपिला अधिकारी, विद्युत कर्मचारी २७ वर्षीय विजय पोख्रेल र ५९ वर्षीय परशुराम थारु गाडीबाट हामफालेर ज्यान जोगाउन सफल भएका हुन्। बेपत्ता अन्य २ जना र गाडीको खोजी भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस