२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डा. के.सी प्रति केयू प्राध्यापक संघको एैक्यवद्धता

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १४८५ पाठक संख्या
  • चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशन बसेका डा. गोविन्द केसीप्रति काठमाण्डौ विश्वविद्यालय प्राध्यापक संघले एैक्यवद्धता जनाएको छ ।

    मंगलबार संघका अध्यक्ष डा.बेदमणी दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा डा केसीको माग प्रति एैक्यवद्धता जनाएको हो । विज्ञप्तीमा मुलुकको स्वास्थ्य र शिक्षाको विषय सम्पूर्ण जनतासंग जोडिएको र मौलिक हकको विषयलाई सरकार आफैले विशेष महत्वका साथ हेर्नुपर्ने, अझ कोभिडको महामारीमा स्वास्थ क्षेत्रको महत्व बुझ्नुपर्नेमा, डा. गोविन्द के.सी. जस्ता व्यक्तिले आफ्नो जीवन दाउमा राखी सरकारलाई घचघचाउनुपर्ने अवस्था आउनु नै दुर्भाग्य भएको उल्नेख छ । ‘सरकार र सम्बन्धित निकायले माग पुरा गर्नुको साटो १९ औं पटक अनशन (सत्याग्रह)बस्नतिर बाध्य बनाईयो ।’विज्ञप्तीमा उल्नेख छ ।

    प्राध्यापक संघले १९औं पटकको सत्याग्रहको पूर्ण सफलताको कामना गर्दै डा. के.सीको सत्याग्रह प्रति एैक्यवद्धता जनाएको छ ।

    भदौ २९ गते जुम्लामा अनशन बसेका केसी सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका र मंगलबार काठमाडौं आएका थिए । काठमाण्डौ विमानस्थलबाट जवरजस्ती ट्रमा सेन्टर लगिएका डा. गोविन्द केसी शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

    विज्ञप्तीको पूर्ण पाठ यहाँ राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस