२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौती ५ की महिलाको कोरोनाको कारण धुलिखेल असपतालमा मृत्यु

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • १०९८ पाठक संख्या
  • पनौती नगरपालिका वडा नं ५ की एक महिलाको कोरोनाको कारण धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

    पनौती ५ चौकोटकी ५० बर्षिय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।

    आमासयको क्यान्सरबाट पिडित ती महिलाको काठमाडौस्थित मेडिसिटी अस्पतालमा किमो लिने गरिएका थियो । उपचारको क्रममा उहाँमा कोरोना संक्रमण देखिएपछि उहाँको बिगत १९ दिनदेखि धुलिखेल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

    काभ्रेमा हालसम्म ३ महिला र २ पुरुष गरि ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस