२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

सत्याग्रह कायम राख्दै डाक्टर केसी काठमाडौं आउँदै

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३५८ पाठक संख्या
  • जुम्लामा अनशनरत डा.गोविन्द केसी सत्याग्रह कायम राख्दै काठमाडौंतर्फ आएका छन् ।

    नेपालगञ्जसम्म एम्बुलेन्समा आएका केसी सोमबार साँझ काठमाडौं आउने विमान नभएका कारण नेपालगञ्जमै रोकिएका छन् । उनलाई सोमबार नेपालगञ्जकै भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको उनका सहयोगी डा. प्रवीण गिरीले जानकारी दिए ।

    जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडेका थिए ।

    प्रतिक्रिया दिनुहोस