२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

विना अक्सिजन सगरमाथा चढ्ने आङरिता शेर्पा ‘हिउँ चितुवा’ को निधन

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५४९ पाठक संख्या
  • विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । सोमवार बिहान १० बजे उहाँको आफ्नै निवास काठमाण्डौको जोरपाटीमा निधन भएको हो।

    सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गर्नुभएको थियो ।

    सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नुभएको थियो ।

    हिउँचितुवाको उपनाम पाउनुभएका उहाँ १५ वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस