२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेमाल गाउँपालिकाले भोलिदेखि विद्यालय खोल्ने, सबै विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४८९ पाठक संख्या
  • तेमाल गाउँपालिकाले भोलि असोज ६ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ ।

    विद्यालय खुल्ने भएपछि तेमालका सबै विद्यायमा निर्मलीकरणको काम शुरु भएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिए ।

    गाउँपालिकाले क्वारेन्टिनका लागि प्रयोग गरेको सबै विद्यालय सहित गाउँपालिकाका ४१ वटै सामुदायिक विद्यालयमा निर्मलीकरण गरेर कक्षा सञ्चालन गर्ने उपाध्यक्ष तामाको भनाई छ ।


    निर्मलीकरणको शुरुवात गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले नारायणस्थान माविबाट शुरु गरेका थिए । गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले तेमालबाट अन्यत्र गएर बसोबास गर्ने बाहेक तेमालका कसैलाई पनि कोरोना संक्रमण नभएका कारण विद्यालय सञ्चालन गर्न लागेको जानकारी दिए ।

    विद्यालय सञ्चालन गर्दा भौतिक दुरी कायम गरी स्वास्थ्यका मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले जानकारी दिए ।

    कार्यक्रममा सबै विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष सलामसिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेलले संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्ताण्तरण गरेका थिए । स्वास्थ्य सामग्रीमा मास्क, स्यानिटाईजर, साबुन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस