२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेमालका महिला स्वास्थ्य स्वायंसेविकालाई अभिमुखिकरण

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५४५ पाठक संख्या
  • तेमाल गाउँपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धिबारे अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

    केयर नेपालको आर्थिक सहयोगमा शान्ति जन आदर्श सेवा केन्द्र धुलिखेलको सहकार्यमा संचालित कार्यक्रममा पालिका भित्र रहेका स्वास्थ्य स्वयंसेविहरुको सहभागीता रहेकाो थियो ।

    कार्यक्रमका गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले यस विषम परिस्थितिमा स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुले खेल्नुभएको भुमिकाको प्रशंसा गरे । स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या भएको भन्दै समस्याहरुलाई समाधान गर्दै आगामि दिनमा उत्कृष्ट सेवा प्रदन गर्न शुभकामना दिए ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामायाँ तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, स्वास्थ्य संयोजक शिव हरी पाठक लगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस