२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोशी गाउँपालिका भित्रका ७२ विद्यालयलाई माक्स, सेनिटाइजर र सेनेटरी प्याड

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५०९ पाठक संख्या
  • रोशी गाउँपालिकाले पालिका भित्र रहेका ७२ ओटै विद्यालयलाई माक्स र सेनिटाइजर वितरण गरेको छ ।

    असोज २ गते वडा ७,८,९ लाई, आज ४ गते वडा नं १०,११ र १२ लाई वितरण गरियो भने भोली ५ गते १,२,३ लाई र ६ गते ४,५,६ लाई वितरण गर्ने योजना रहेको शिक्षा शाखा प्रमुख राम लामाले जानकारी दिए ।

    पालिका भित्र रहेका प्राथमिक विद्यालयलाई माक्स १०० पिस, सेनिटाइजर १ लिटर, आधारभूत विद्यालयलाई माक्स ३०० पिस, सेनटाइजर २ लिटर, माध्यमिक विद्यालयलाई माक्स ५०० पिस, सेनिटाइजर ४ लिटर वितरण भइरहेको शिक्षा शाखा प्रमुख लामाले जानकारी दिए ।

    साथै पालिका भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई २२ हजार ५ सय २४ पिस सेनेटरी प्याड वितरण भइरहेको लामाको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस