२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नमोबुद्धमा केन्द्रीयस्तरको ‘युथ इनोभेसन सेन्टर’

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३५० पाठक संख्या
  • काभ्रेको नमोबुद्धमा स्थापना हुन लागेको नेसनल युथ इनोभेसन इन्क्युबेसन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युबेसन केन्द्र) को काम सुरु भएको छ ।

    राष्ट्रिय युवा परिषदको संयोजनमा नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको समन्वयमा केन्द्र स्थापना हुन लागेको हो । नमोबुद्ध नगरपालिका ८ आरुबारीचौरमा स्थापना हुने केन्द्रका विषयमा आईतवार स्थानीयबासीसँग छलफल गरिएको छ । छलफलसँगै केन्द्रको काम सुरु गरिएको नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले बताए ।

    छलफलमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, आइडिया स्टुडियोका संस्थापक एवं काठमाडौं विश्वविद्यालय उपकुलपति कार्यालयका सल्लाहकार छिरिङ लामा लगायत सहभागी थिए ।

    केन्द्र स्थापनाका लागि नगरपालिकाले करिब ५२ रोपनी जग्गा उपलव्ध गराएको छ । छलफलको क्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले देशभरिका दश हजार उत्कृष्ट नयाँ सोच र योजनामध्येबाट बार्षिक एक सय वटा योजनालाई केन्द्रमार्फत अन्तिम रुप दिएर आर्थिक समृद्धिका लागि प्रयोग गर्ने बताए । यो आर्थिक बर्षमा योजना निर्माण लगायतको काम सक्ने र आगामी बर्षबाट भौतिक निर्माणको काम अघि बढाउने ढुंगेलले बताए ।

    छलफलमा आइडिया स्टुडियोका संस्थापक छिरिङ लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, पूर्व गाविस अध्यक्ष उद्धवप्रसाद हुमागाई, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल लगायतले मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस