२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गल्ती कस्को ? संक्रमित घुलमिलमा, नभएको आइसोलेसनमा

  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६५२ पाठक संख्या
  • भुम्लु गाउँपालिका वडा नं १० मा एउटा परिवार तनावमा छ । केहि सय अघि छिमेकमा कोरोना देखिएपछि कन्ट्याक ट्रेसिङमा परेर श्रीमान श्रीमतीको कोरोना टेष्ट भयो । रिपोर्ट आयो परिवारको एक जनामा पोजेटिभ देखियो एक जनामा नेगेटिभ देखियो ।

    तर गल्तीले नेगेटिभ देखिएका श्रीमानलाई आइसोलेसन लगियो पोजेटिभ देखिएको श्रमिती गाउँमै रहिन । श्रीमानको पाँचखाल नगरपालिकाले सञ्चाललन गरेको आईसोलसनमा उपचार भइरहेको छ भने श्रीमती घरमानै छिन् । अझ घरमा सासु एक्लै भएपछि छुट्टै बसिरहेको बुहारी साथीको रुपमा सासुआमा सँग बसेकी छिन् । संक्रमित ती महिलाको रिपोर्ट नेगेटिम भयो भनेपछि समुदायमा घुलमिल गरेको, धारामा पानी लिन गएको, धार्मीक कार्यक्रमममा सहभागि भएको स्थानीयले जानकारी दिएका छन् । पारिवारिक रुपमा त तनाव भए भए पुुरै समाजनै तनावमा भएको स्थानीयको भनाई छ ।

    गाउँपालिकाले पनि ८ दिन पछि मात्र संक्रमित चै समाजमै रहेको संक्रमित नभएकोलाई आईसोलेसनमा लगेको थाहा पाएको छ । एउटा सानो गल्तीले संक्रमित नभएका श्रीमान संक्रमित सँगै आईसोलेसनमा, संक्रमित भएको महलिा घुलमिलमा, संक्रमित नभएकी बुहारी संक्रमित सासुसँग घुलमिलमा रहे । गल्ती जस्को भएपनि यसले ठुलो समस्या ल्याउने भन्दै समाजका अगुवाहरुभने चिन्तित छन् ।

    यस विषयमा भुम्लु गाउँपालिकाका स्वास्थ्य संयोजक सुदर्शन भट्टराईले एकै दिन आएका ८ जना पोजेटिभमा धुलिखेल अस्पतालबाट नाम मिस्टेक भएर आउँदा समस्या भएको जानकारी दिनुभयो । नामको विचको अक्षर कुमारी हुनुपर्नेमा कुमार आएका कारण समस्या भएको हो । भुम्लुमा संक्रमित भएका जानकारी पछि गाउँपालिकाले प्रहरीलाई खबर गर्ने गरेको र प्रहरीले सोहि बमोजिम आईसोलन पुर्याउने तथा होम आइसोलेसनमा रेखदेख गर्ने गरेको छ । थाहा पाएपछि ती महिलालाई सुरक्षित राख्ने तथा सँगै बसेको बुहारीको पिसिआर चेकको लागि स्वाब संकलन भएको छ ।

    तर अस्पताल र प्रहरीको मात्र भर परेर स्वास्थयमाथी खेलवाड गरेको भुम्लु गाउँपालिका वडा नं १० का स्थानीयले आरोप लगाएका छन् । रिपोर्टको बारेमा सबै बुझेर मात्रै काग गर्नुपर्ने भएपनि भुम्लु गाउँपालिकाले केटाकेटी काम गरेको छ । यस अघि पनि संक्रमितको ख्याल नगर्दा समुदायमा कोरोना संक्रमण देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस