२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आन्तरिक जहाज पूर्ण सिट क्षमतामा उड्न पाउने

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४२५ पाठक संख्या
  • आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा यात्रु राखेर उडान दिन भनेको छ ।

    यसअघि सरकारले ५० प्रतिशत सिट क्षमतामा मात्रै जहाज उडाउन पाउने निर्णय गरेपछि वायु सेवा सञ्चालक सङ्घले जहाज नै नउडाउने निर्णय गरेको थियो । त्यसपछि पर्यटन मन्त्रालयले कुल उडानको २५ प्रतिशत मात्रै जहाज उडाउन पाइने तर पूर्ण सिट क्षमतामा उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

    मन्त्रालयकाे याे प्रस्तावलाई मन्त्रिपरिषद्को बिहीबारकाे बैठकले अनुमति दिएकाे थियाे । अब कुल उडान सङ्ख्याको २५ प्रतिशत मात्रै आन्तरिक उडान हुनेछन् तर जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने छन् ।

    ‘२५ प्रतिशत मात्र उडान हुने, यात्रुले स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने छ’, मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस