२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आजबाट काभ्रे मालपोतको लिखत र निवेदन स्थानीय पालिकाबाट

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ५९२ पाठक संख्या
  • मालपोत कार्यालय काभ्रेमा जग्गा पास गर्न स्थानीय तहबाटनै निवेदन र लिखत तयार हुने भएको छ ।

    मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीयतहबाटै हुने भएको हो । आज असोज १ गतेबाट जिल्लाका १३ वटै पालिकाहरु मार्फत भू–सेवा केन्द्र अन्तर्गत निवेदन र लिखतको काम शुरु हुने जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख ऋषिकुमार दाहालले जानकारी दिनुभयो ।

    निमित्त प्रमुख दाहालका अनुसार बुधवारै ३ वटा पालिकाले काम गर्नको लागि भू सेवा केन्द्र सञ्चालन अनुमति पत्र बुझीसक्नुभएको छ भने अन्यको पत्र पनि तयार भैसकेको जानकारी दिनुभयो । ‘तीनवटा पालिकाले भू सेवा केन्द्र सञ्चालन अनुमति पत्र लगे, अरुले पनि लानको लागि फलो भैरहेको छ ।’–‘दूई तिन दिन भित्र सबै पालिकाले लैजान्छु भन्नुभएको छ ।’–निमित्त प्रमुख दाहालले भन्नुभयो ।
    सरकारले यो बर्ष भित्र ६० वटा मालपोत कार्यालयको काम स्थानीय तह मार्फत गर्ने निर्णय गरेको थियो । अहिले पहिलो चरणमा स्थानीय तहहरुले अनलाईनमा भएको फारम भरेर मालपोत कार्यालयमा निवेदन र लिखत पठाउनुपर्नेछ । स्थानीय तहले निवेदन र लिखत फारम भरिसकेपछि मालपोतको अनलाईनमा अपलोड गरिदिनुपर्नेछ । भू–सेवा केन्द्रमा केन्द्रमा जग्गा प्रशासनको काम अनलाईनमार्फत गर्नको लागि लिखत गरिने र त्यो लिखत गर्न यस अघि मालपोत कार्यालयले गत बर्ष ५२ जना र यो बर्ष ३ जना व्यक्ति तथा कानुन व्यवसायीलाई अनुमति दिइएको थियो ।

    मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा गत साउन १५ र १६ गते तालिम दिइसकेको छ । स्थानीय तहका कर्मचारीहरुलाई तालिमको दिनको लागि मालपोत कार्यालयकै कर्मचारी रामभक्त हुमागाई र नारायण भण्डारीले केन्द्रमानै गएर तालिम लिनुभएको छ । तालिम लिएका मध्ये भण्डारी मालपोत कार्यालय चाबहिल सरुवा हुनुभएको छ ।

    भूमि ब्यवस्थापन तथा अभिलेख विभागले दिएको तालिममा स्थानीय तहका कर्मचारी सहित आईटी अफिसरहरुलाई तालिम दिईएको सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाईले जानकारी दिनुभयो । तालिममा स्थानीय तहका ४० जना सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस