२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भक्तपुर घटना : श्रीमती र छोराको हत्याको २४ घन्टापछि सुदिपको आत्महत्या

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३८१ पाठक संख्या
  •  

    भक्तपुरको सामूहिक हत्या प्रकरणमा सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

    भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कुन्डोलका ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको २६ भदौमा घरभित्रै शव भेटिएको थियो । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले सुदीपले श्रीमती र छोराको हत्या गरेर र सुदिपले आत्महत्या गरेको आशंका गरेको थियो ।

    काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमले सुदिपको श्रीमती सम्झनाको मृत्युको कारण टाउकोमा तीन पटक छुरा प्रहार भएको रिपोर्टमा उल्लेख छ । छोराको भने घाँटी रेटेको पाइएको छ ।

    सुदीपको मृत्यु भने सल्फस नामक विष सेवन गरेर भएको पाइएको छ ।

    आमाछोराको हत्यापछि २४ देखि ४८ घन्टाको बीचमा सुदीपले आत्महत्या गरेको हुनसक्ने रिपोर्टले देखाएको छ । वस्तुस्थितिको विश्लेषणका आधार प्रहरीले तयार पारेको प्रतिवेदनले सुदीपले २४ भदौमा १२ देखि २ बजेसम्मको अवधिमा आमाछोराको हत्या गरेको हुनसक्ने देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस