२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मृत्यु भएकाको पीसीआर परीक्षण गर्नु नपर्ने

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३०९ पाठक संख्या
  • शंकास्पद मृत्यु भएकाको नमुना निकालेर पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण सम्बन्धमा शवबाट नमूना निकाली पीसीआर परीक्षण नगर्ने र नगराउने निर्देशन दिएको हो ।
    मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहंसस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताए । उनले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस