२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शिरले अनुमति नै नलिई पिसिआर परिक्षण गरेको खुलासा

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६९४ पाठक संख्या
  • बनेपामा रहेको शिर मेमोरियल अस्पतालले अनुमति नै नलिई पिसिआर परीक्षण गरेको छ । संघिय सरकार, प्रदेश सरकार , स्थानीय सरकार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पुर्ब स्वीकृति वा अनुमति नलीकन नै सशुल्क पिसिआर परीक्षण गरेको हो । अस्पतालले आफ्नै मनोमानीमा भक्तपुरको कोरियन अस्पतालमा पिसिआर टेष्ट गराएको हो ।

    अझ भुम्लु ८ की महिलाको मृत्यु लगत्तै परिवारलाई लैजान दवाब दिएको कारण भुम्लु ८ कोरोनाको त्रासमा परेका छन् ।
    भुम्लु गाउँपालिका वडा नम्वर ८ स्थित डुम्रेघाटकी ७४ बर्षीया महिलाको निधन भएको पाँच दिन पछि कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिए पछि उपचारमा संलग्न अस्पतालको लार्पवाहि भएको भन्दै जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

    भदौ २४ गते ७४ बर्षिया महिला विरामी भएपछि शिर मेमोरियल अस्पताल ल्याईएको थियो । अस्पतालमा पाईला समेत नराखेकी महिलाको उपचारको क्रममा भदौ २५ गते निधन भयो । अस्पतालले निशुल्क कोरोनाको परिक्षण गर्ने भन्दै स्वाब निकाल्यो तर शव आफन्तको जिम्मा लगाई दियो । महिलाको अन्त्येष्टीमा ६० भन्दा बढि ब्यक्तिहरु सहभागि भएका थिए ।
    भदौ २९ गते प्रादेशिक ल्यावले उहाँमा कोरोना रहेको पुष्टी गरे पनि अस्पतालले २९ गतेसम्म सम्वन्धित परिवारलाई जानकारी नै गराएन ।
    कोरोना परिक्षणका लागि स्वाव लिएको ब्यक्तिको शव ब्यवस्थापनमा अस्पतालले सामान्य मापदण्ड समेत पुरा गरेको नदेखिएकाले कोभिड १९ नियन्त्रण, ब्यवस्थापन तथा रोकथाम केन्द्रले स्पष्टिकरण सोधेको छ । केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले अस्पतालको लार्पवाहिका कारण संक्रमण फैलन सक्ने भएकाले सचेत र सजग रहन सबैलाई अनुरोध गर्नेभयो ।

    यसैबीच कोरोनाको संक्रमण देखिएको महिलाको मृत्यु भएपछि अस्पतालको लापर्बाही देखिएपछि शिर मेमोरियल अस्पताललाई कोभिड १९ नियन्त्रण, ब्यवस्थापन तथा रोकथाम केन्द्रले निम्न प्रश्नको उत्तर मागेको छ ।

    १, मृतक महिलाको कोरोनाको नमुना परिक्षण किन गरेको ?
    २, परिक्षणको लागि नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएपछी मृतकको शव किन परिबारलाई हस्तान्तरण गरिएको ? एक दिन पनि रिपोर्ट कुर्न किन नसकेको ?
    ३, नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल संचालकलाई थाहा नभएको हो ? कि अस्पताल प्रसाशनले संघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारलाई अटेरी गरिएको हो ?
    ४, अस्पतालले गरेको गल्तिले गर्दा मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी शीर मेमोरियल अस्पतालले लिने कि नलिने ?
    ५, यो गल्तीमा संघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?
    ६, के शीर मेमोरियल अस्पतालले जे गरेपनि हुने हो, मनपरी छ अस्पताललाई जनस्वास्थ्यको बिषयमा ?
    ७, यो महामारीको बेलामा यस्तो मनपरी किन ? संघिय सरकार ,प्रदेश सरकार , स्थानीय सरकार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ,प्रदेश जनस्वास्थ्य प्रयोगशाला को पुर्ब स्वीकृति ,अनुमति नलीकन नै सशुल्क करिब करिब १५०० जनाको आरडिटी परिक्षण गरेको त्यस्तो परिक्षण गर्दा अनुमति लिनु पर्ने कि नपर्ने ?
    ८, संघिय सरकार ,प्रदेश सरकार , स्थानीय सरकार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ,प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पुर्ब स्वीकृति ,अनुमति नलीकन नै सशुल्क पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि अन्य अस्पतालमा पठाउन गरेको त्यस्तो परिक्षण गर्दा अनुमति लिनु पर्ने कि नपर्ने ?
    ९ं पनौती निवासी ९ बर्षे बालकको आकस्मिक शल्यक्रिया गर्दा कोरोनाको नमुना परिक्षण किन गरेको ? परिक्षणको लागि नमुना अन्य अस्पतालमा पठाएपछी निजलाई घर किन पठाएको ? रिपोर्ट कुर्न किन नसकेको ?
    १० कोभिड १९ नियन्त्रण, ब्यवस्थापन तथा रोकथाम केन्द्र काभ्रेले पटक पटक गरेको अनुरोधलाई त्यस अस्पताल ले किन बेवास्ता गरेको ? सन्दर्भ : संघिय सरकारको निर्देशन बमोजिम प्रत्येक अस्पतालले कम्ति मा २०५ आईसोलेसन बेड ब्यबस्थापन गरि अस्पताल संचालन गर्नु पर्ने ।

    प्रतिक्रिया दिनुहोस