२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आमा, छोरीमाथि नै पाशविक आक्रमण, दुबै गर्भवती

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६४३ पाठक संख्या
  • जमाना कस्तो आयो भने, ३० वर्षकी आमाको पेटमा चार महिनाको बच्चा, १५ वर्षकी छोरीको पेटमा चाहिँ पाँच महिनाको ।

    आमा त यौनकर्मी भइन्, जसको गर्भ बोके पनि उनको खुशी या बाध्यता । तर, हुर्कंदै गरेकी, अविवाहित, नाबालिक छोरीको पेट कोबाट बस्यो रु न छोरीलाई थाहा छ न आमालाई १ कालिमाटीस्थित प्रहरीको महिला सेलमा मुद्दा छ । घटना सुनेर प्रहरीहरू अचम्म मान्दै जिब्रो टोक्छन्, ‘जमाना खराब’ भन्दै टाउकोमा हात राख्छन् ।

    भगवती भुजेल ९नाम परिवर्तन० ले आफू पनि १५ वर्ष हुँदैमा जन्माएकी थिइन्, छोरी रोशी ९नाम परिवर्तन० लाई । उतिबेला भगवतीले मोरङ, पथरीका ईश्वरी भट्टराईसँग विवाह गरेपछि छोरी जन्माइन् । उनै छोरी पनि १५ वर्षमै आमा बन्दै छिन् । तर, रक्सी र छ्याङको नशामा बाबु नै पत्तो नलाग्ने गरी ।

    १२ वर्षअघि काठमाडौं छिरेकी भगवतीलाई पतिले छाडे । तीन बालबच्चा सँगै थिए । तर, पाल्ने उपाय थिएन । अशिक्षित भएकाले काम पाइनन् । एकजना चिनजानको साथीसँग सहयोग मागिन् । एउटा क्याबिन रेष्टुरेण्टमा काम थालिन् । पहिला कामको अनुभव नभएको भन्दै साहुले रिसेप्सनमा मात्रै सहयोग गर्नु भने । तर, तलब माग्दा दिएनन् । ‘जसले ग्राहकलाई खुशी बनाएर धेरै व्यापार व्यवसाय गर्छ, त्यो मान्छेले मात्रै तलब पाउँछ’ भनी साहुले अपशव्द प्रयोग गरे । पछि ठमेलको एउटा स्पामा सरसफाई गर्ने स्टाफको रुपमा काम पाइन् । अरु साथीहरूले दिनको ५–७ हजार रुपैयाँ लिएर जान्थे । भगवतीचाहिँ रित्तै । घरमा खानेकुरा हुँदैन थियो । श्रीमान्सँग भोको पेटमा लडाइँ गर्नुपथ्र्यो । छोराछोरी भोकले रुन्थे । यसपछि भगवतीले पनि अरु साथीले झैँ पैसा कमाउने निधो गरिन् । अर्को मसाज पार्लरमा काम गर्न गइन् । दिनमा आठ देखि १० जनासम्म ग्राहकलाई ‘खुशी’ पार्नुपथ्र्यो । कसै–कसैले टिप्स दिन्थे । तर, बढीजसो सेना–पुलिसका मान्छे आउने कारण भित्र छिर्थे, काम गराउँथे र धम्क्याएर जान्थे ।

    यसपछि भगवतीले मसाजमा दुःख गर्न छाडिन् । विभिन्न डान्सबार र दोहोरीका गार्डहरूसँग सम्पर्क गरिन् । ती गार्डमार्फत ग्राहक पाउन थालिन् । पछि ट्याक्सी ड्राइभरहरू मार्फत काम गरिन् । यसप्रकार तीनजना छोराछोरी पढाइन्, पालिन् । श्रीमान्ले छाडिसकेका थिए । पेशामा रहेकै समय ठमेल सञ्चयकोष भवनअगाडि भारतको दिल्लीमा बस्ने युनुस खानसँग भेट भयो । त्यसबेलासम्म उनी दिउँसो एकछिन काम गरेको दुई हजार र रातभरि बसेको पाँच हजार लिने भइसकेकी थिइन् । युनुसले उनलाई रातभरिका लागि ठमेलको एक होटलमा लगे । एक रातका लागि गएकी उनलाई तिनले छाड्नै मानेनन् । आ–आफ्नो कथाव्यथा बाँड्दा श्रीमान्, श्रीमतीका रुपमा बस्ने निधोमा पुगे । आठ वर्ष भगवती युनुसको पत्नी भएर बसेकी छन् । युनुसको तर्फबाट दुई वर्षकी छोरी छन् । अहिले पाँच महिनाकी गर्भवती छन् ।

    ०७६ मंसिरदेखि रिता भुजेल नामकी साथीलाई चिनेकी थिइन् । कोठामा आवतजावत हुन्थ्यो । छोरी रोशी पनि आउने, जाने गर्थिन् । गत फागुन १५ गते रोशी रिताको कोठामा जाँदा मोही भनेर छ्याङमा रक्सी मिसाई खुवाइन् । भोलिपल्ट व्युझिँदा शरीरमा केही अप्ठेरो भयो । पिसाब फेर्दा पीडा महसुस भयो । तर, उनले यो कुरा कसैलाई सुनाइनन् । जब असार लाग्यो, पेट अस्वाभाविक रुपमा बढ्न थाल्यो । महिनावारी बन्द भएको त तीन महिना भइसकेको थियो । यसपछि भगवतीले श्रमिक महिला रक्षा संघ नामक संस्थाकी अध्यक्ष सविना तामाङसँग परामर्श गरिन् । छोरीको पेटमा जमेको रगत निकाल्नका लागि झाँक्रीले मागेको सुनाइन् । सविनाले भदौको १२ गते छोरीसँग सोधपुछ गरिन् । पिसाबको माध्यमबाट जाँच्ने विधिअनुसार परीक्षण गर्दा गर्भ रहेको लक्षण देखियो । भदौ १३ गते थापाथलीस्थित प्रसुती गृहमा जाँच्दा २६ हप्ताभन्दा बढीको बच्चा रहेको थाहा भयो । अनि बल्ल खुल्यो, फागुन १५ गते रिता भुजेलको डेरामा मोही भनी छ्याङ खुवाइएको र बेहोस भएपछि दुईजना केटाले करणी गरेको ।

    रोशीलाई करणी गर्नेहरूको नाम पहिचान भए पनि पक्राउ परेका छैनन् । प्रहरीले उनीहरूको नाम गोप्य राखेको बताएको छ ।

    जनआस्था साप्ताहिमा प्रकाशित समाचार

    तस्वीर सामाजिक सञ्जाल

    प्रतिक्रिया दिनुहोस